१० बैशाख २०८२, बुधबार

प्रचण्डको दाबी: कांग्रेस–एमालेभित्र असन्तुष्टि, सरकार परिवर्तनको सम्भावना

विराटनगर । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्तारुढ दलहरू नेपाली कांग्रेस र प्रमुख विपक्षी दल एमालेभित्र असन्तुष्टि बढ्दो क्रममा रहेको बताएका छन्। पत्रकारसँग कुराकानी गर्दै उनले सो असन्तुष्टिले सरकार परिवर्तनसम्मको अवस्था आउन सक्ने उल्लेख गरे।

प्रचण्डले देशको राजनीतिक परिस्थिति गम्भीर बन्दै गएको जिकिर गर्दै ठूलो दलको नेताले नै प्रधानमन्त्री बन्नु उपयुक्त हुने धारणा राखे। उनले कांग्रेसलाई समर्थन गर्न सकिने संकेत गरे पनि भ्रष्टाचारका मुद्दामा भने कसैलाई साथ नदिइने बताए।

गणतन्त्रको सन्दर्भमा बोल्दै उनले ‘गणतन्त्र खतरामा छैन’ भन्ने स्पष्ट धारणा राखे। “अहिले नै गणतन्त्रप्रति गम्भीर खतरा आयो भन्ने सोच्नु पर्ने अवस्था छैन,” प्रचण्डले भने, “गणतन्त्रको रक्षाका लागि सबै दल एक हुनैपर्छ भन्ने भाष्य गलत हो। हामी गणतन्त्रकै लागि लडेर यहाँसम्म आएका हौँ।”

शान्ति प्रक्रियाको विषयमा बालुवाटारमा भएको हालैको तीन दलबीचको छलफलबारे बोल्दै उनले त्यसलाई गठबन्धनप्रतिको समर्थनको रूपमा बुझ्न नहुने बताए। “वर्तमान गठबन्धनलाई समर्थन गर्ने र त्यसमा जाने कुरा विल्कुल होइन,” उनले प्रष्ट पारे।

प्रचण्डले राष्ट्रपतिको भूमिकाबारे पनि आफ्नो धारणा राखे। उनले राष्ट्रपति र उपराष्ट्रपतिलाई सक्रिय राजनीतिमा आउन संवैधानिक, कानुनी वा अन्तर्राष्ट्रिय अभ्यासले रोक्दैन भन्ने तर्क गरे।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क