०९ बैशाख २०८२, मंगलबार

राप्रपाको प्रदर्शन : नयाँबानेश्वर क्षेत्रमा सवारी डाइभर्सन, काठमाडौंबाट ट्राफिक प्रभावित

काठमाडौं, वैशाख ७ । राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा०ले आज राजधानीको नयाँ बानेश्वर क्षेत्रमा आयोजना गरेको प्रदर्शनका कारण काठमाडौंको प्रमुख सडकहरूमा ट्राफिक डाइभर्सन गरिएको छ।

सवारी साधनलाई माइतीघर–बबरमहल हुँदै नयाँ बानेश्वर प्रवेशमा रोक लगाइएको ट्राफिक महाशाखाले जानकारी दिएको छ। त्यस सन्दर्भमा सवारी साधनहरूलाई सिनामंगल, तिनकुने, नयाँबानेश्वर, माइतीघर, थापाथली, रणोदिप र कृष्णपाउरोटी लगायत वैकल्पिक मार्ग प्रयोग गर्न निर्देशन दिइएको छ।

डाइभर्सन र सवारी चापका कारण कोटेश्वर, गौशाला, गौरीघाट, मित्रपार्क, चावहिल, पुरानो बानेश्वर, सोह्रखुट्टे, लैनचौर, रणोदिप, कृष्णपाउरोटी, माइतीघर, थापाथली, त्रिपुरेश्वर र कुपण्डोल आसपासका क्षेत्रमा सवारी साधन लामबद्ध ९क्यू० छन्। ट्राफिक प्रहरी बलले ती स्थानहरूमा सवारी व्यवस्थापन सहज बनाउने प्रयास गरिरहेको जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क