१० बैशाख २०८२, बुधबार

एमालेसँग असन्तुष्टि चुलएिको बेला देउवा परिवारसहित थाइल्याण्ड जाँदै

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज राति स्वास्थ्य उपचारका लागि परिवारसहित थाइल्याण्ड जाँदैछन् । कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलका अनुसार देउवाको साथमा उनकी पत्नी एवं परराष्ट्रमन्त्री डा. आरजु राणा र छोराबुहारी पनि बैंकक प्रस्थान गर्दैछन् ।

मुख्यसचिव पौडेलले देउवाको यात्रालाई पारिवारिक र स्वास्थ्य सम्बन्धी मात्र भएको बताएका छन् । “उहाँ स्वास्थ्य उपचारका लागि जान लाग्नुभएको हो। यो कुनै राजनीतिक कार्यक्रम होइन,” पौडेलले प्रस्ट पारे।

तर सत्तारुढ गठबन्धनभित्र असन्तुष्टि चुलिँदै गएका बेला देउवाको यो विदेश यात्रा राजनीतिक वृत्तमा चर्चा र अड्कलबाजीको विषय बनेको छ। एमालेसँगको सहकार्य सुरु भएको नौ महिनामै कांग्रेसभित्र असन्तुष्टि देखिन थालेको छ ।

यहीबीच, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देउवा प्रधानमन्त्री बने आफूहरू समर्थन गर्न सक्ने संकेत दिएका छन्। यस्तो अवस्थामा देउवाआरजुको संयुक्त विदेश भ्रमणलाई केहीले ‘सम्भावित रणनीतिक विश्राम’ को रूपमा पनि हेरेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क