१० बैशाख २०८२, बुधबार

विराटनगरमा खिन्न बने प्रचण्ड : महानगर कमिटीको दोस्रो सम्मेलनमा जनउपस्थिति न्यून देखिएपछि असन्तुष्ट

विराटनगर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विराटनगर महानगर कमिटीको दोस्रो सम्मेलनमा जनउपस्थिति न्यून देखिएपछि असन्तुष्टि व्यक्त गरेका छन्। विराटनगर–३ स्थित शोभा ब्याङ्क्वेटमा आयोजित कार्यक्रममा उनले पार्टीको तर्फबाट राम्रो तयारी नभएको भन्दै खिन्नता पोखेका हुन्।

‘केन्द्रीय अध्यक्षकै उपस्थिति हुने कार्यक्रममा जनताको उल्लेखनीय सहभागिता हुन्छ भन्ने अपेक्षा थियो,’ उनले भने, ‘तर यहाँ त प्रतिनिधि र पर्यवेक्षक मात्रै देखिए।’ उनले संगठनको ‘कन्टेन्ट’ मात्रै राम्रो भएर नहुने, अब ‘रुप’ पनि सशक्त देखिनुपर्ने धारणा राखे।

प्रचण्डले हालैको उपनिर्वाचन र स्ववियू चुनावमा आफ्नो उपस्थितिका कारण पार्टीले जितेको प्रसंग उल्लेख गर्दै, जनसम्बन्ध पुनः बलियो बनाउनुपर्नेमा जोड दिए। माओवादीले विगतमा उठाएका वर्ग समुदायसँगको सम्बन्धमा आएको खुकुलोपन फेरी बलियो बनाउनुपर्ने आवश्यकता औंल्याउँदै उनले हजारौंले पार्टीमा प्रवेश गरिरहेको दाबी गरे।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क