०९ बैशाख २०८२, मंगलबार

आन्दोलन जारी रहने राप्रपा अध्यक्ष लिङदेनको घोषणा, शाहीले भने– ‘यो त सुरुवात मात्र हो’

काठमाडौं । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारविरुद्धको आन्दोलन अझै जारी रहने बताएका छन्।

आइतबार सिंहदरबार अगाडि आयोजित विरोध प्रदर्शनका क्रममा पक्राउ परेका लिङदेनसहितका नेताहरू करिब ४ घण्टापछि रिहा भएका थिए। रिहाइपछिको संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष लिङदेनले आन्दोलनको पहिलो चरण सफल भएको बताएका हुन्।

‘हाम्रो आजको आन्दोलन सफल भयो। आज सहयोग गर्नेलाई धन्यवाद’, लिङदेनले सञ्चारकर्मीसँग भने, ‘तर जुन मागका लागि आन्दोलन गरिएको हो, त्यो अझै पूरा भएको छैन। त्यसैले हामी नयाँ कार्यक्रमहरू सार्वजनिक गर्दै जानेछौं।’

राप्रपाका प्रवक्ता ज्ञानेन्द्र शाहीले पनि आन्दोलनको सुरुवात मात्रै भएको प्रतिक्रिया दिएका छन् । ‘आजको आन्दोलन कुनै निष्कर्ष होइन, यो त सुरुवात मात्र हो,’ शाहीले भने।

राप्रपाले हालसालै सरकारविरुद्ध आक्रामक शैलीमा आन्दोलनका कार्यक्रमहरू सार्वजनिक गर्दै आएको छ। दलको मुख्य माग संविधान संशोधन, राजसंस्था र हिन्दू राष्ट्रको पुनर्स्थापनासँग सम्बन्धित रहेको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क