
ताप्लेजुङ । ताप्लेजुङको प्रसिद्ध धार्मिक स्थल पाथीभरा जाँदै गरेको बोलेरो जिपमा करेन्ट लाग्दा ४ जनाको ज्यान गएको छ भने २ जना गम्भीर घाइते भएका छन्।
कोशी प्रदेश प्रहरी कार्यालयका अनुसार, फुङलिङ नगरपालिका–६ को तेर्छे भन्ने स्थानमा सडक किनारमा रहेको बिजुलीको पोलबाट लत्रिएको विद्युत् तार बोलेरोमा छोएपछि दुर्घटना भएको हो। पाथीभरा मन्दिरतर्फ जाँदै गरेको बा. १ झ २७८९ नम्बरको बोलेरो करेन्ट लागेको थियो।
घटनास्थलमै ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। गम्भीर घाइते २ जनालाई तत्काल उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल फुङलिङ लगिएको छ।
घटनाबारे विस्तृत विवरण संकलनको काम भइरहेको प्रहरीले जानकारी दिएको छ। मृतकहरूको नाम ठेगाना खुलाइएको छैन।