०९ बैशाख २०८२, मंगलबार

कालीकोटमा ट्याक्टर दुर्घटना : चार जनाको मृत्यु

कालीकोट, वैशाख ८ – कालीकोटको पलाँता गाउँपालिकामा गएराति भएको ट्याक्टर दुर्घटनामा चार जनाको ज्यान गएको छ। थीर्पुबाट छलतर्फ खाद्यान्न तथा खुद्रा सामग्री लिएर जाँदै गरेको ट्याक्टर पलाँता–२ स्थित बुडाडाँडामा दुर्घटना हुँदा चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ।

मृत्यु हुनेमा ट्याक्टर चालक मुगु, खत्याड गाउँपालिका–५ कवाका २५ वर्षीय चन्द्र प्रकाश रोकाया, कालीकोट, पलाँता–४ का २१ वर्षीय रवीन्द्र विक, ३२ वर्षीया सदु बुढा र पलाँता–५ सल्लीकोटका अन्दाजी २५र२६ वर्षीया अम्बा शाही रहेका छन्।

प्रहरीका अनुसार ट्याक्टर अप्ठेरो भिरबाट तल खसेको छ भने शवहरू सडकदेखि करिब २०० मिटर तल फेला परेका थिए। दुर्घटनाको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय थीर्पुबाट प्रहरी सहायक निरीक्षक भीमबहादुर सुनारको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो।

हाल ट्याक्टर निकै अप्ठ्यारो भिरमा अड्किएको हुँदा नम्बर खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क