
सुनसरी, बराहक्षेत्र – सप्तकोशी नदीमा नुहाउने क्रममा मामा र भान्जा बेपत्ता भएका छन्। सुनसरीको इटहरी उपमहानगरपालिका–१६ बालग्रामका १६ वर्षीय जेनिस आचार्य र उनका मामा ४० वर्षीय नवराज बास्तोला सोमबार बिहान बेपत्ता भएका हुन्।
प्रहरीका अनुसार सोमबार बिहान करिब ८स्३० बजे बराहक्षेत्र मन्दिर नजिकै कोशी नदीमा नुहाउने क्रममा जेनिस डुब्न थालेपछि उनलाई बचाउन खोज्ने क्रममा नवराज पनि नदीमा बेपत्ता भएका हुन्।
बेपत्ता दुवैजनाको खोजी कार्य जारी रहेको र स्थानीय प्रहरी, सशस्त्र प्रहरी बल तथा स्थानीय गोताखोरहरूको टोली परिचालन गरिएको बराहक्षेत्र प्रहरी चौकीले जानकारी दिएको छ।