०९ बैशाख २०८२, मंगलबार

काठमाडौंमा मध्यराति पत्नीको हत्या गरी पति फरार

काठमाडौं । काठमाडौंको शंकरापुर नगरपालिका–९ मा एक महिलाको खुकुरी प्रहारबाट हत्या भएको छ। हत्या आरोपमा उनका श्रीमान फरार भएका छन्।

रामेछाप खाँडादेवी–७ स्थायी ठेगाना भई हाल शंकरापुरमा बस्दै आएका ५८ वर्षीय पदमबहादुर तामाङले आफ्नी ४५ वर्षीया पत्नी माइली तामाङको हत्या गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।

प्रहरीका अनुसार दुई महिनाअघि विवाह गरेका दम्पतीबीच घरेलु विवाद हुँदै आएको थियो। सोमबार राति साढे ९ बजेतिर माइली आफ्ना दुई सन्तानसँग सुतिरहेकी बेला पदमबहादुरले खुकुरी प्रहार गरी हत्या गरेका हुन्।

खुकुरी प्रहारबाट माइलीको घटनास्थलमै मृत्यु भएको छ भने उनका ११ र १० वर्षीय दुई सन्तान गम्भीर घाइते भएका छन्। दुवैलाई काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानका आधारमा पत्नी आफूँग सुत्न नआएको झोकमा हत्या भएको हुनसक्ने अनुमान गरेको छ। घटना लगत्तै पदमबहादुर फरार छन् र उनको खोजी जारी रहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क