१० बैशाख २०८२, बुधबार

१० औँ नेपाल सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसिप मोरङमा हुने

मोरङ । मोरङमा १० औँ नेपाल सिएच आइटिएफ तेक्वान्दो च्याम्पियनसिप हुने भएको छ ।

नेपाल सिएच आइटिएफ तेक्वान्दो संघ कोशी प्रदेशले कानेपोखरी ६ मा रहेको जनसेवा माविमा जेठ १५, १६ र १७ गते खेल खेलाउन लागेको कोशीका सचिव दिनेश सुब्बाले बताए ।

सचिव सुब्बाका अनुसार खेलमा २५ जिल्लाका खेलाडीहरू सहभागी हुनेछन् । विभिन्न तौल अनुसार हुने प्रतियोगितामा ३५० जना खेलाडी, रेफ्री ५० जना, जुरी १० जना, अफिसियल १० जना, राष्ट्रिय तथा अन्तर्राष्ट्रियबाट निर्णायक ३० जना गरी जम्मा ४५० जना सहभागी हुनेछन् ।

खेलमा पुरुषतर्फ २० देखि ९० केजी तौलसम्म खेल खेलाइने छ । महिलातर्फ २० देखि ८० केजी तौलसम्म खेल हुने छ । महिला र पुरुष दुवैलाई ग्रुप फाइट, सिङ्गल प्याटर्न र ग्रुप प्याटर्न खेलाइने छ ।

प्रमुख प्रशिक्षक समेत रहेका कोशी अध्यक्ष युबराज भुजेलका अनुसार अहिलेसम्म सिएच आईटीएफ टेक्वान्दो संघ मोरङले ब्ल्याक बेल्ट वान डान २२ जना, ब्ल्याक बेल्ट टू डान ७ जना, ब्ल्याक बेल्ट थ्री डान २ जना उत्पादन गरिसकेको छ ।

त्यस्तै कोशी प्रदेशमा तेह्रथुम जिल्लाको आठराई गाउँपालिकामा ७० जना र मोरङ जिल्लाको उर्लाबारी नगरपालिका, रङ्गेली नगरपालिका र कानेपोखरी गाउँपालिका गरी १२० जना खेलाडी रहेका छन् भने प्रशिक्षक ५ जना रहेका छन् ।

खेलमा ८ लाख ७० हजार खर्च हुने अनुमान गरिएको छ भने कानेपोखरी गाउँपालिका, स्थानीय संघ, संस्था र खेल प्रेमीहरूको सहयोगबाट खेल सम्पन्न गर्ने अध्यक्ष भुजेलले बताए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क