०९ बैशाख २०८२, मंगलबार

भरतपुरकी मेयर रेणुलाई हर्क साम्पाङको दनक, ‘बाऊ ठिक रैन छ पार्टी ठिक रहेन छ !’

विराटनगर, वैशाख ८ — धरान उपमहानगरपालिकाका मेयर हर्कराज साम्पाङले भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई देश निर्माण कसरी गर्ने भन्ने विषयमा सिक्न आह्वान गरेका छन्। सामाजिक सञ्जालमार्फत स्ट्याटस लेख्दै मेयर साम्पाङले रेणु दाहाल र उनको पार्टीप्रति कडा आलोचना गरेका हुन्।

साम्पाङले जनताको शक्ति ढुङ्गा हान्न र संरचना भत्काउन नभई, देश निर्माणमा प्रयोग गर्नुपर्ने बताएका छन्। ‘स्वदेशी उत्पादनमा जोड दिनुपर्छ, यो हो भिजन,’ भन्दै उनले दाहाललाई श्रम र श्रमिकको सम्मान गर्न आग्रह गरे।

भरतपुरकी मेयर दाहालले केही दिनअघि साम्पाङले ठूला योजना गर्नुपर्ने अभिव्यक्ति दिएपछि साम्पाङ आक्रोशित भएका हुन्। उनले दाहालका बुबा तथा नेकपा माओवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ुप्रचण्डुलाई समेत जोडेर टिप्पणी गरेका छन्।

ूरेणुजी, तपाईंको बाउ प्रधानमन्त्री हुँदा सप्तकोशीको पानी ल्याउन मागेको पैसा २० लाख मात्रै छुट्याइदियो, मैले के गर्नेरुू भन्दै साम्पाङले आलोचना गरेका छन्। उनले प्रचण्ड प्रधानमन्त्री हुँदा भरतपुरमा मात्रै बजेट खन्याइएको र धरान उपेक्षित भएको गुनासो पनि पोखेका छन्।

धरानमा विमानस्थल बन्न नसकेको दोष समेत साम्पाङले प्रचण्ड र उनकी पार्टीलाई लगाएका छन्। ‘एयरपोर्ट माग्दा तपाईंको पार्टीका सुदन किराँती मन्त्री थिए, बाउ प्रधानमन्त्री थिए—तर धरानमा किन चाहियो भनेर रोकियो,’ उनले लेखेका छन्।

साम्पाङले अहिलेका पार्टीहरूलाई सामन्ती, दलाल र पुँजीवादी सोच बोकेको भन्दै आलोचना गर्दै भनेका छन्, “अहिलेका पार्टीहरू ठिक छैनन्, विभेद मात्रै गर्छन्।”

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क