१० बैशाख २०८२, बुधबार

लेजेण्ड ब्राजिलियन खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगे

काठमाडौं । विश्व फुटबलका चर्चित लेजेण्ड ब्राजिलियन खेलाडी रोबर्टो कार्लोस नेपाल आइपुगेका छन्। उनी नेपाल सुपर लिग (NSL) फुटबल प्रतियोगिता हेर्न काठमाडौं आएका हुन्।

मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एनएसएल आयोजक समितिले विशेष स्वागत गर्दै कार्लोसलाई नेपालमा स्वागत गरेको छ। नेपाल आउँदा खुशी लागेको प्रतिक्रिया दिँदै उनले नेपाली फुटबलप्रेमीहरूसँग समय बिताउने उत्सुकता व्यक्त गरेका छन्।

एनएसएलले अन्तर्राष्ट्रिय चर्चित फुटबल हस्तीहरूलाई नेपालमा भित्र्याउँदै प्रतियोगिताको आकर्षण बढाउने प्रयास गर्दै आएको छ। कार्लोसको आगमनले प्रतियोगिताको लोकप्रियतामा थप उचाइ आउने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क