
विराटनगर । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ७६ औं स्थापना दिवसको अवसरमा पार्टीको मोरङ जिल्ला समितिले आज विराटनगरमा विशेष विचार गोष्ठीको आयोजना गर्ने भएको छ।
‘नेपाली कम्युनिस्ट आन्दोलनको वर्तमान आयाम र सम्भावनाहरू’ विषयक विचार गोष्ठी पार्टी कार्यालय पाञ्चालीमा विराटनगरमा बिहान ११ बजे सुरु हुने जनाइएको छ।
एमाले मोरङका उपाध्यक्ष सागर थापाका अनुसार विचार गोष्ठीमा पार्टीका विभिन्न तहका नेताहरू, बुद्धिजीवी, राजनीतिक विश्लेषक र कार्यकर्ताहरूको सहभागिता रहनेछ। उनले भने, “कम्युनिस्ट आन्दोलनको सन्दर्भमा हाल देखिएको अन्योलता र चुनौतीबारे गम्भीर छलफल गरी आगामी रणनीति तय गर्ने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गरिएको हो।”
थापाले कम्युनिस्ट आन्दोलनले देशको सामाजिक रूपान्तरणमा खेलेको भूमिकाबारे युवापुस्तालाई अवगत गराउन समेत गोष्ठी उपयोगी हुने विश्वास व्यक्त गरे।