०९ बैशाख २०८२, मंगलबार

मणिकुमार लामाको रातो कार्ड फिर्ता, फाइनल खेल्ने बाटो खुला

काठमाडौं । नेपाल सुपर लिग (NSL) अन्तर्गत ललितपुर एफसीका मिडफिल्डर मणिकुमार लामाले धनगढी एफसीविरुद्धको खेलमा पाएको रातो कार्ड फिर्ता भएको छ। आयोजक एनएसइएमले विभिन्न क्यामेरा फुटेजको समीक्षापछि रेफ्रीबाट गल्ती भएको स्वीकार्दै कार्ड फिर्ता लिएको हो। यससँगै मणि फाइनल खेल्न योग्य भएका छन्।

उक्त खेलमा मणिले कुनै जानाजान फउल नगरेको प्रमाणित भएको आयोजकको भनाइ छ। खेलमा मोहम्मद अल जाउलीनीको अभिनयले असर पारेको देखिएको थियो। रेफ्री उमेश बिडारी र फोर्थ अफिसियल श्याम दनुवार दुबै फिफा रेफ्री भए पनि निर्णय त्रुटिपूर्ण भएको पुष्टि भएको छ।

अब ललितपुरले उपाधिका लागि खेल्नेछ, जसको प्रतिस्पर्धी बुधबारको धनगढी र पोखरा थन्डर्सबीचको दोस्रो क्वालिफायरको विजेता हुनेछ।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क