११ बैशाख २०८२, बिहिबार

देउवा फर्किएपछि माओवादी सत्तामा जाने तयारीमा, नयाँ गठबन्धन बनाउने प्रचण्डको भनाइ

काठमाडौं । लगातार सरकार ढल्ने अभिव्यक्ति दिँदै आएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ सत्ता गठबन्धन बनाउन समेत तयारी थालेका छन् ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको स्वदेश फिर्तीपछिको सम्भावित सत्ता समीकरणबारे छलफल गर्ने प्रमुख प्रतिपक्षी नेकपा ९माओवादी केन्द्र०का अध्इक्ष प्रचण्डले बताए । बिहीबार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा बसेको बैठकमा उनले यस्तो बताएका हुन् ।

बैठकमा सहभागी एक सांसदका अनुसार प्रचण्डले वर्तमान सरकार संविधानविपरीत क्रियाकलाप गर्दै गएको आरोप लगाउँदै संविधानको रक्षाका लागि वैकल्पिक राजनीतिक गठबन्धनको सम्भावनाबारे संवाद आवश्यक भएको बताएका हुन्।

‘सरकार उल्टो–उल्टो काम गर्दै संविधान खारेजतर्फ जान खोजेको देखिन्छ। संविधानको रक्षाका लागि देउवाजी फर्किएपछि संवाद सुरु हुन्छ,’ सांसदले प्रचण्डको भनाइ उद्धृत गर्दै बताए।

सभापति देउवा हाल स्वास्थ परीक्षणका लागि थाइल्यान्डमा रहेका छन्। वैशाख ७ गते परिवारसहित बैंकक गएका देउवा केही दिनमै फर्किने अपेक्षा गरिएको छ। यसअघि सिंगापुरमा उपचार गराएका देउवा हाल फोलोअपको क्रममा थाइल्यान्डमा छन्।

शिक्षक आन्दोलनप्रति सरकार उदासीनस् माओवादी

प्रचण्डले सरकारले हाल जारी शिक्षक आन्दोलनप्रति उदासीन र अनुदार व्यवहार देखाएको भन्दै चासो व्यक्त गरे। उनले संसदको उपसमितिमा ुबखेडाु निकालेर आन्दोलनलाई अल्झाउने प्रयास भइरहेको आरोप पनि लगाए।

शिक्षक आन्दोलनको मूल मुद्दा शिक्षा ऐनको शीघ्र कार्यान्वयन, पदपूर्तिमा पारदर्शिता र पुराना समस्या समाधानसँग जोडिएको छ। आन्दोलनरत शिक्षकहरूले देशभर प्रदर्शन गर्दै आएका छन्।

गठबन्धनको सम्भावना र राजनीतिक तरंग

सत्ता समीकरणमा माओवादी केन्द्रको सक्रियता बढ्दै गएकै बेला कांग्रेससँगको सम्भावित गठबन्धनको संकेतले राजनीतिक वृत्तमा नयाँ तरंग ल्याएको छ। हाल एमाले नेतृत्वको सरकारप्रति माओवादी खुला आलोचक बनेको छ, जसले भावी सत्ता समीकरणको संकेत पनि दिन्छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क