११ बैशाख २०८२, बिहिबार

सिद्धान्त लोहनीलाई उपचारका लागि क्यानले ५ लाख सहयोग गर्ने

काठमाडौं । घाइते भएर उपचार गराइहेका क्रिकेटर सिद्धान्त लोहनीलाई नेपाल क्रिकेट संघले ५ लाख रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने भएको छ ।

क्यानका प्रवक्ता छुम्बी लामाले विज्ञप्ति जारी गर्दै लोहनीलाई उपचारका लागि ५ लाख रकम उपलब्ध गराउने निर्णय भएको बताए ।

कुनै समय नेपालका लागि खेलेका सिद्धान्त अहिले चोटका कारण पीडामा छन् । सन् २०२३ मा जनकपुरमा भएको महेन्द्रनारायण निधी टी(२० राष्ट्रिय प्रतियोगिता खेल्दै गर्दा उनी फिल्डिङको क्रममा घाइते भएका थिए । कोशी प्रदेशको नेतृत्व गरेर टी २० प्रतियोगिता खेलिरहेको बेला घाइते भएका उनी त्यस यता लगातार उपचारमा छन् । तर अहिलेसम्म क्यान र सरकारले उनलाई सहयोग नगरेपछि सामाजिक सञ्जालमा चर्काे आलोचना भएको थियो ।

भारतको गुरुगाउँमा घुँडाको शल्यक्रिया गराएपछि अहिले उनी थेरापी गरिरहेका छन् ।

सिद्धान्तले सन् २०१५ जुलाई १८ मा आईसीसी टी२० विश्वकप छनोट अन्तर्गत जर्सीविरुद्ध खेल्दै नेपालको सिनियर टिममा डेब्यु गरेका थिए ।

उक्त खेलमा उनले १६ बल खेल्दै २ चौका र २ छक्काको मदतमा २७ रन बनाएका थिए ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क