१९ बैशाख २०८२, शुक्रबार

‘फेरी मैदानमा फर्किन मन छ’ भन्दै क्रिकेटर सिद्धान्त लोहनीले उपचार खर्चका लागि कोशी सरकारसँग मागे सहयोग

विराटनगर । नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी तथा कोशी प्रदेशका पूर्व कप्तान सिद्धान्त लोहनीले आफ्नो उपचार खर्चका लागि कोशी प्रदेश सरकारसँग आर्थिक सहयोगको अनुरोध गरेका छन्। उनले आज (शनिबार) बिहान मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा इमेलमार्फत औपचारिक निवेदन पेस गरेका हुन्।

लोहनीले पत्रमार्फत अघिल्लो मंसिर महिनामा टी–२० क्रिकेट प्रतियोगिता खेल्ने क्रममा जनकपुरमा गम्भीर घाइते भएको र त्यसपछि नेपाल क्रिकेट सङ्घ ९क्यान० को पहलमा एकपटक शल्यक्रिया (सर्जरी) भएको उल्लेख गरेका छन्। यद्यपि शल्यक्रिया गरेपनि उनको अवस्था सामान्य नभएकाले हाल पुनः उपचाररत रहेको र हालसम्म झन्डै २० लाख रुपैयाँभन्दा बढी खर्च भइसकेको जानकारी दिएका छन्।

उनले आगामी उपचारका लागि थप न्यूनतम १२ देखि १३ लाख रुपैयाँ आवश्यक पर्ने उल्लेख गर्दै आफ्नो र परिवारको आर्थिक अवस्था कमजोर भएकाले प्रदेश सरकारको सहयोग अपरिहार्य भएको बताएका छन्।

स्वास्थ्य लाभपछि पुनः क्रिकेट मैदानमा फर्कन चाहेको उल्लेख गर्दै उनले भनेका छन्, “पुनः देश र प्रदेशको प्रतिनिधित्व गरेर राष्ट्रको नाम उज्वल पार्न चाहन्छु। त्यसका लागि तपाईँहरूको सहयोग मेरो जीवन र खेलकुदको लागि अत्यन्तै महत्वपूर्ण हुनेछ।”

सिद्धान्त लोहनी कोशी प्रदेश क्रिकेट टिमका पूर्व कप्तान हुन् र उनले नेपाली राष्ट्रिय टोलीबाट पनि खेलेका छन्।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क