१५ बैशाख २०८२, सोमबार

एनएसएल : ललितपुर लगातार च्याम्पियन, पोखरा उपविजेतामा सिमित

काठमाडौँ — नेपाल सुपर लिग २०२५ को उपाधि ललितपुर सिटी एफसीले जितेको छ। आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न फाइनल खेलमा ललितपुरले पोखरा थन्डर्सलाई २–१ गोलअन्तरले पराजित गर्दै पहिलोपटक उपाधि उचालेको हो।

खेलको सुरुबाटै आक्रामक रणनीति अपनाएको ललितपुरले पहिलो हाफमा अग्रता बनायो। खेलको ४२ औँ मिनेटमा ललितपुरका इमो इजेकीएल ९क्ष्mयज भ्शभपष्भ०ि ले पहिलो गोल गर्दै टिमलाई १–० को अग्रता दिलाए।

दोस्रो हाफमा, खेलको ७४ औँ मिनेटमा पापा इबु केबेले अर्को गोल थप्दै ललितपुरलाई २–० को बलियो स्थिति बनाइदिए।

पोखरा थन्डर्सले ८० औँ मिनेटतिर एक गोल फर्काएर खेललाई २–१ बनाए पनि बाँकी समयमा बराबरी ल्याउन सकेन। अन्ततः ललितपुरले २–१ कै नतिजामा उपाधि उचालेको हो। पोखराका सुनिल राईले एक गोल गरेका थिए । लगातार दोश्रो पटक पनि बिजेता बनेको ललितपुरले ८० लाख रुपैयाँ पुरस्कार हात पार्याे । उपविजेता पोखराले नगद ३० लाख रुपैयाँ प्राप्त गरेको छ ।

ललितपुरले पहिलो क्वालिफायरमा धनगढी एफसीलाई २–१ ले पराजित गर्दै लगातार दोस्रो पटक फाइनल पुगेको थियो। पोखरा थन्डर्सले दोस्रो क्वालिफायरमा धनगढीलाई १–० ले हराउँदै पहिलो पटक फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क