१६ बैशाख २०८२, मंगलबार

विश्वकै सुन्दर गाउँजस्तो सगरमाथा आधार शिविर, कामीरिता ३१औँ पटक चुचुरोतिर

काठमाडौँ  । गरमाथा आधार शिविर यतिखेर रङ्गीचङ्गी टेन्ट र उल्लासमय चहलपहलले विश्वकै सुन्दर गाउँजस्तै देखिएको छ।
पर्वतारोही कामीरिता शेर्पाले केही दिनअघि ‘माउन्टेन घर’ भनेर सामाजिक सञ्जालमा पोष्ट गरेको भिडियोले शिविरको भव्यता देखाएको छ।

विश्वभरिका ५३ देशका ४०२ आरोही सगरमाथा आरोहणका लागि नेपाल आइपुगेका छन्। आधार शिविरमा अहिले १३०० भन्दा बढी आरोही, सहयोगी र कर्मचारी छन्। पाँच सयभन्दा बढी टेन्ट टाँगिएका छन्, जहाँ ‘लाउन्ड्री’, ‘क्याफे’, ‘बार’ जस्ता सेवा उपलब्ध छन्।

३० पटक सगरमाथा चढेर विश्व कीर्तिमान बनाएका कामीरिता शेर्पा ३१औँ आरोहणका लागि तयारीमा छन्। “आधार शिविर अहिले सानो संसारजस्तै बनेको छ”, एटके एक्सपीडिसनका प्रबन्ध निर्देशक लाक्पा शेर्पाले भने।

यसवर्षको वसन्त सिजनमा सगरमाथा आरोहणका लागि बाटो तेस्रो शिविरसम्म खुलिसकेको छ। आगामी १० दिनभित्र चुचुरोसम्म डोरी ९रोप फिक्सिङ० टाँगिसक्ने लक्ष्य छ। आधार शिविरदेखि दोस्रो शिविरसम्मको बाटो सगरमाथा प्रदूषण नियन्त्रण समितिले पहिल्यै निर्माण गरिसकेको छ।

पर्यटन विभागका अनुसार अहिले सम्म आरोहण शुल्कबाट ६८ करोड ४० लाख रुपैयाँ राजस्व संकलन भइसकेको छ। आरोही आउन क्रम जारी रहेकाले यो रकम अझै बढ्ने अपेक्षा गरिएको छ।

यसैबीच, सोलुखुम्बुका टासी ग्याल्जेन शेर्पाले २० दिनभित्र चारपटक सगरमाथा चढ्ने लक्ष्यसहित नयाँ कीर्तिमान बनाउने तयारी गरिरहेका छन्।

७२ वर्षअघि पहिलोपटक सर एडमण्ड हिलारी र तेन्जिङ नोर्गेले सगरमाथा चढेको इतिहासपछि हजारौँ आरोहीले सर्वोच्च शिखर टेकिसकेका छन्। नयाँ कीर्तिमानहरू थपिंदै सगरमाथा आरोहणको मोह आज पनि उस्तै बलियो छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क