२७ पुष २०८१, शनिबार

१३ वर्षकी बालिकासँग विवाह गर्ने बेहुलासहित दुई जना पक्राउ

खोटाङ । खोटाङमा १३ वर्षकी नाबालिकासँग विवाह गर्ने बेहुला र बालिकालाई विवाहका लागि फकाउने अर्की एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय खोटाङले नाबालिकासँग विवाह गर्ने युवक (बेहुला)सहित दुई जनालाई पक्राउ गरेको हो।

आफन्तकामा हिँडेकी १३ वर्षीया बालिकालाई बाटैमा रोकेर ललाइफकाइ विवाह गर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाका २८ वर्षीय रमेश राई र बालविवाह गराउनमा सहयोग गर्ने बालिकाकी आफन्त कमला राईलाई प्रहरीले पक्राउ गरेको हो।

यही पुस ८ गते बालिकासँग विवाह गर्ने रमेशलाई पुस १२ गते र कमलालाई पुस १३ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयको प्रवक्ता प्रहरी निरीक्षक मोहन पोखरेलले बताए । उनका अनुसार पक्राउ परेका दुवै जनाविरुद्ध बालविवासम्बन्धी कसूर अन्तर्गतको मुद्दा चलाइएको छ।

उनीहरु दुवै जनालाई जिल्ला अदालतमा उपस्थित गराएर थप अनुसन्धानका लागि पाँच दिनको म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले बताए ।
कक्षा–८ मा अध्ययनरत बालिकालाई युवक (बेहुला)को घरबाट उद्धार गरेर जिल्ला अस्पतालमा स्वास्थ्य परीक्षण गरेपछि आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। पुस ८ गते युवकको घर पुर्‍याइएकी बालिकालाई पुस ९ गते किरात संस्कार अनुसार भित्र्याइएको बुझिएको डिएसपी विष्टले जानकारी दिए।

मुलुकी अपराधसंहिता २०७४ को परिच्छेद ११ विवाहसम्बन्धी कसूरमा बालविवाह गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद तथा ३० हजारसम्म जरिवाना हुने कानुनी व्यवस्था छ।

प्रतिक्रिया
मिल्दोजुल्दो

hello, Moneytag !

हाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीमहाम्रो टीम

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क