
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले राज्य अधिनायकवादतर्फ अघि बढेको आरोप लगाएकी छन्। सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नयाँ बानेश्वरमा शिक्षकमाथि राज्यले दमन गरेको भन्दै आपत्ति जनाइन्।
“शिक्षकमाथि राज्यले दमन गर्यो, अधिनायकवादतर्फ हिँडिरहेको भान भएको छ,” सांसद श्रेष्ठले भनिन्। उनले शिक्षकहरूलाई राजनीतिक दलको सदस्यता लिएर कार्यकर्ता बन्ने हो भने दास बन्ने चेतावनीसमेत दिइन्।
“तपाईंहरू नेपाली जनता भएर बस्नुभयो भने सिंगो मुलुकका हुनुहुन्छ, तर राजनीतिक दलको सदस्यता लिएपछि नेताको उठबसमा चल्ने दास बन्नुहुन्छ,” श्रेष्ठको भनाइ थियो।