
काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले शिक्षक आन्दोलन अन्तिम लडाइँमा पुगेको बताएका छन्। फेसबुकमार्फत उनले आन्दोलनमा सबै शिक्षकको सक्रिय सहभागिता अनिवार्य भएको उल्लेख गरेका छन्।
“हामी अन्तिम लडाइँमा छौँ। सबैले सक्रिय सहभागिता जनाउनुपर्छ,” अध्यक्ष सुवेदीले लेखेका छन्। उनले अझै काठमाडौं नआएका शिक्षकहरूलाई छिटो राजधानी आइपुग्न आह्वान गरेका छन्। “आन्दोलनकारी साथीको रगत बगिरहँदा घरमै बस्न सक्नुहुन्छरु” भन्दै उनले तीव्र भावनात्मक अपिल गरेका छन्।
आइतबार भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेपछि केही शिक्षक, प्रहरी र पत्रकार घाइते भएका थिए। उक्त घटनाप्रति आपत्ति जनाउँदै सुवेदीले सरकारको ज्यादतीको भर्त्सना गरेका छन्। साथै, घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै उनले आन्दोलन जारी रहने बताएका छन्।
नेपाल शिक्षक महासंघको नेतृत्वमा शिक्षा ऐन संशोधनको मागसहित २६ दिनदेखि आन्दोलन चलिरहेको छ। सोमबार पनि माइतीघर मण्डलामा बिहान ११ बजे प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ।