१६ बैशाख २०८२, मंगलबार

रुसले ट्रम्पको शान्ति प्रस्ताव अस्वीकार गर्दै युद्धविराम सर्त कडा बनायो

काठमाडौं । रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अगाडि सारेको शान्ति सम्झौताको प्रस्तावलाई रुसले ठाडै अस्वीकार गरेको छ। रुसको भनाइमा उक्त प्रस्तावले उनीहरूको ‘क्षेत्रीय स्वामित्व र सुरक्षा चासो’ सम्बोधन गर्न सकेको छैन।

अन्तर्राष्ट्रिय मान्यता नपाउने क्षेत्र विवाद

ब्रिटिश पत्रिका द टेलिग्राफ अनुसार, रुसले युक्रेनका कब्जा गरिएका क्षेत्रहरू(क्रिमिया, डोनेत्स्क, लुहान्स्क, खेरसन र जापोरिझिया)लाई रुसी भूभागको रूपमा अन्तर्राष्ट्रिय मान्यताू दिनुपर्ने माग गर्दै ट्रम्पको प्रस्ताव अस्वीकार गरेको हो।

सेर्गेई लाभ्रोभको कडा प्रतिक्रिया

रुसी विदेशमन्त्री सेर्गेई लाभ्रोभले ट्रम्पको प्रस्तावमा रुसी मागहरू समेटिएको छैन भन्दै गम्भीर असन्तुष्टि जनाएका छन्। लाभ्रोभ ट्रम्पको प्रस्तावलाई प्रत्यक्ष अस्वीकार गर्ने हालसम्मका सबैभन्दा वरिष्ठ रुसी अधिकारी हुन्। उनले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीको हटाउने तथा युक्रेनी सेनाको आकार घटाउने लगायतका मुद्दा समेटिनुपर्ने अडान राखेका छन्।

युद्धविरामको प्रस्ताव तर शर्तसहित

यसैबीच, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी मे ८ देखि १० सम्म यूरोपको दोस्रो विश्वयुद्धको ८०औँ वार्षिकोत्सवको सन्दर्भमा ७२ घण्टे अस्थायी युद्धविरामको प्रस्ताव गरेका छन्। तर विश्लेषकहरूले यो प्रस्तावलाई कूटनीतिक दबाब सिर्जना गर्ने रणनीतिक चालको रूपमा हेरेका छन्।

 

प्रतिक्रिया
मिल्दोजुल्दो

सम्पर्कसम्पर्क सम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क सम्पर्कसम्पर्कसम्पर्कसम्पर्क