
विराटनगर । मच्छिन्द्र फुटबल क्लबलाई हराउँदै चर्च ब्वाइज युनाइटेडले ११औं संस्करणको फाल्गुनन्द गोल्डकपको उपाधि चुमेको छ ।
आज फिदिम माविको मैदानमा सम्पन्न फाइनलमा चर्च ब्वाइजले मच्छिन्द्रलाई पेनाल्टी शुटआउटमा ५–४ गोल अन्तर हराउँदै उपाधि उचालेको हो । निर्धारित ९० मिनेटको खेलमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी शुटआउटमा पुगेको हो ।
चर्च ब्वाइजले उपाधिसँगै १० लाख पाँच सय ५५ रुपैयाँ पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको मच्छिन्द्रले पाँच लाख पाँच ५५ रुपैयाँ प्राप्त गरेको हो । प्रतियोगितामा ए डिभिजन लिगका चारसहित १० वटा टोली सहभागी थिए ।